सामाजिक सुरक्षा भत्ता तथा बडा दशैँ, २०८३ सम्बन्धी सूचना।
सामाजिक सुरक्षा भत्ता तथा बडा दशैँ, २०८३ सम्बन्धी सूचना।
Powered by
riri one
सूचना ! सूचना !! सूचना !!!
विषय: सामाजिक सुरक्षा भत्ता तथा बडा दशैँ, २०८३ सम्बन्धी सूचना।
प्रस्तुत विषयमा आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता (दलित बालबालिका बाहेक) सम्बन्धित लाभग्राहीहरूको बैंक खातामा निकासा भइसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
साथै, नेपालीहरूको महान् चाड बडा दशैँ, २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण गाउँपालिकावासी तथा महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
नवदीप राई
प्रमुख प्रशासकीय अधिकृत
माङसेबुङ गाउँपालिका, इलाम