मेडिकल अधिकृत पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

मेडिकल अधिकृत

मेडिकल अधिकृत पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(सूचना प्रकाशन मिति: २०८३/०६/२७)

प्रस्तुत विषयमा, आ.व. २०८३/०८४ मा यस माङसेबुङ गाउँपालिकामा मेडिकल अधिकृत पदमा करार सेवामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र तोकिएको शुल्क बुझाएको रसिद र पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति संलग्न गरी रीतपूर्वक दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. विज्ञापन नम्बर र सेवा सम्बन्धी विवरण

क्र.सं.

विज्ञापन नं.

पद

सेवा/तह

माग संख्या

न्यूनतम शैक्षिक योग्यता

१

०३-०८३/०८४

मेडिकल अधिकृत

नेपाल स्वास्थ्य/आठौं

१ (एक)

मान्यता प्राप्त विश्वविद्यालय/प्रतिष्ठान/शैक्षिक संस्थाबाट जनस्वास्थ्य चिकित्साशास्त्रमा स्नातक तह MBBS उत्तीर्ण गरी Nepal Medical Council मा दर्ता भएको ।

२. दरखास्त दिने स्थान

माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलाम।

३. दरखास्त दिने अन्तिम मिति - २०८३/०७/११ गतेसम्म, कार्यालय समयभित्र।

४. दरखास्त दस्तुर- रु. १,०००।(एक हजार रुपैयाँ मात्र)।अनलाईन मार्फत भुक्तानी गर्नु परेमा MANGSEBUNG GA.PA GA-1.1 ANTARIK RAJASWAKHATA 0690100000001202 मा गर्न सकिनेछ ।

५. छनोटको किसिम- लिखित परीक्षा र अन्तर्वार्ता।

६. आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू

आवेदक दरखास्त निवेदन सहित स्वयंले प्रमाणित गरेको देहायबमोजिमका कागजातहरूको प्रतिलिपि संलग्न गर्नुपर्नेछः

  1. नेपाली नागरिकताको प्रमाणपत्र,
  2. न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र,
  3. चारित्रिक प्रमाणपत्र,
  4. अनुभव भए सो खुल्ने प्रमाणपत्र/कागजात,
  5. सम्बन्धित व्यावसायिक परिषदमा दर्ता/नवीकरण भएको प्रमाणपत्र,
  6. पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति।

७. तलब- नेपाल सरकारको आठौँ तहको प्रचलित तलबमान बमोजिमको आधारभूत तलब तथा सोको १०० प्रतिशत बराबर प्रोत्साहन भत्ता उपलब्ध गराउने।

८. लिखित परीक्षाको पाठ्यक्रम

लिखित परीक्षाको पाठ्यक्रम कोशी प्रदेश लोक सेवा स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह, अधिकृत आठौँ, मेडिकल अधिकृत बमोजिम हुनेछ ।

९. छनौट परीक्षाको मिति : पछि प्रकाशित गरिनेछ ।

नोट: दरखास्त आवेदन फाराम तथा अन्य जानकारीका लागि माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलामको https://mansebungmun.gov.np बाट प्राप्त गरिन सकिनेछ र अनलाईन मार्फत आवेदन पठाउनु पर्ने भएमा ito.mansebungmunilam@gmail.com मा पठाउन हुन र थप जानकारीका लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ।

नवदीप राई

प्रमुख प्रशासकीय अधिकृत