आर्थिक बर्ष २०८३/०८४ सूची दर्ता

मौजुदा सूची दर्ताका लागि सूचीकृत हुने सम्बन्धी सूचना ।

मौजुदा सूची दर्ताका लागि सूचीकृत हुने सम्बन्धी सूचना।

प्रस्तुत विषयमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम आ.व. २०८३/०८४ का लागि मौजुदा सूची तयार गर्नु पर्ने भएकाले इच्छुक व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकले देहायका कागजातका प्रतिलिपि संलग्न राखी यसै सूचनाका साथ संलग्न ढाँचामा उल्लेखित सम्पूर्ण विवरण अनिवार्य पेश गर्नुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

१. संस्था वा फर्म दर्ताको प्रमाणपत्र।

२. स्थायी लेखा नम्बर (PAN) वा मूल्य अभिवृद्धि कर (VAT) दर्ताको प्रमाणपत्र।

३. कर चुक्ता प्रमाणपत्र।

४. माङसेबुङ गाउँपालिका क्षेत्र बाहिर दर्ता भएका संस्था वा फर्मले सूचीकरण दस्तुर बापत रु. ५००।- र माङसेबुङ क्षेत्रभित्र सञ्चालित संस्था वा फर्मको हकमा चालु आ.व. २०८३/०८४ को व्यवसाय कर नवीकरण गरेको प्रमाण र इजाजतपत्र।

मिति : २०८३/०४/०२

(नवदीप राई)

प्रमुख प्रशासकीय अधिकृत

मिति:............................

श्रीमान् कार्यालय प्रमुख ज्यू

माङसेबुङ गाउँपालिका,

गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलाम ।

विषय: मौजुदा सूचीमा दर्ता गरी पाऊँ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ को उपनियम (१) बमोजिम तपशीलमा उल्लिखित विवरण अनुसारको पुष्टि गर्ने कागजात संलग्न गरी मौजुदा सूचीमा दर्ता हुन यो निवेदन पेश गरेको छु।

तपसिल:

१. मौजुदा सूचीको लागि निवेदन दिने व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता वा सेवा प्रदायकको विवरणः

(क) नाम: ................................................................

(ख) ठेगाना: ................................................................

(ग) पत्राचार गर्ने ठेगाना: ....................................................

(घ) मुख्य व्यक्तिको नाम: ....................................................

(ङ) इमेल ठेगाना: ..........................................................

(च) मोबाइल नं.: ..........................................................

२. मौजुदा सूचीमा दर्ता हुनको लागि निम्न बमोजिमको प्रमाणपत्र संलग्न गर्नुहोला:

(क) संस्था वा फर्म दर्ताको प्रमाणपत्र
छ [ ]  हुँदैन [ ]

(ख) नवीकरण गरिएको प्रमाणपत्र
छ [ ]  हुँदैन [ ]

(ग) मूल्य अभिवृद्धि कर वा स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र
छ [ ]  हुँदैन [ ]

(घ) कर चुक्ताको प्रमाणपत्र
छ [ ]  हुँदैन [ ]

(ङ) कुन खरिदको लागि मौजुदा सूचीमा दर्ता हुन निवेदन दिने हो, सो कामको लागि इजाजतपत्र आवश्यक पर्ने भएमा सोको प्रतिलिपि
छ [ ]  हुँदैन [ ]

३. सार्वजनिक निकायबाट हुने खरिदको लागि दर्ता हुन चाहेको खरिदको प्रकृतिको विवरण

(क) मालसामान आपूर्ति (मालसामानको प्रकृति समेत उल्लेख गर्ने):
..................................................................................................................................

(ख) निर्माण कार्य:
..................................................................................................................................

(ग) परामर्श सेवा (परामर्श सेवाको प्रकृति समेत उल्लेख गर्ने):
..................................................................................................................................

(घ) अन्य सेवा:
..................................................................................................................................

निवेदन दिएको मिति: ..........................................

आ.व.: ..........................................

निवेदकको विवरण:

निवेदकको नाम: ..........................................

हस्ताक्षर: ..........................................

फर्मको छाप: ..........................................


प्रमुख प्रशासकीय अधिकृत